Ads

माओवादीलाई फेरि उछिन्यो घण्टीले, नेकपा एसलाई जनमत पार्टीले पछि पार्‍यो


काठमाडौं- मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचन अन्तर्गत समानुपातिकको मतगणना जारी रहेको छ ।

९० लाख ९० हजार ५२७ मत गणना हुँदा नेकपा एमालेले २४ लाख ७७ हजार ३२५ मतसहित अग्रता बनाइरहेको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २३ लाख ५५ हजार २३० मत पाउँदा तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी उक्लिएको छ ।

सुरुमा रास्वपाले अग्रता कायम गरे पनि शनिबारबाट माओवादी केन्द्रले अग्रता बनाएको थियो तर आज पुन रास्वपा तेस्रो स्थानमा उक्लिएको छ । उसले १० लाख ४८ हजार ५१९ मत पाउँदा माओवादी केन्द्रले १० लाख ३६ हजार ९९० मत पाएको छ ।

पाँचौं स्थानमा राप्रपा रहेको छ उसले ५ लाख ३७ हजार ६०४ मत पाएको छ ।

छैटौं स्थानमा जसपा ३ लाख ९ हजार ५७१ मतसहित रहँदा जनमत पार्टी सातौं स्थानमा रहेको छ ।

राष्ट्रिय पार्टी बन्नका लागि ३ प्रतिशत मत पाउनु पर्ने व्यवस्था छ ।

Ads

सम्बन्धित पोष्टहरू