Ads

सभापति लामिछानेको रिट निवेदनमा आज पनि सुनुवाइ हुने


काठमाडौं,। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीका निवेदनमा आज पनि सुनुवाइ हुने भएको छ । बहस नसकिएपछि बिहीबार ‘हेर्दाहेर्दै’मा राखिएको निवेदनमा शुक्रबार पनि सुनुवाइ हुने भएको हो । सर्वोच्च अदालतका न्यायाधीश डा.नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा मंगलबारदेखि सुरु भएको सुनुवाइ त्यसयता ‘हेर्दाहेर्दै’मा पर्दै आएको छ ।मंगलबार रविका तर्फबाट १० वकिलले बहस गरेका थिए ।

अन्तिममा रविका तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले बहस गरे पनि रोकिएपछि बिहीबार पुनः भएको हो । बुधबार भने संवैधानिक इजलासका कारण पेसी राखिएको थिएन ।बिहीबार रविका वकिलको बहस सकिएपछि सरकारी वकिलका तर्फबाट चारजनाले बहस गरेका छन् ।

अब जाहेरवालाका तर्फबाट वरिष्ठ अधिवक्ताहरू डा. सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठीसहित तीनजनाले बहस गर्ने जानकारी इजलासमा गराइएको छ । आज जाहेरवालाको बहस सकिएपछि रविका वकिलले जवाफी बहस गर्ने उनका कानुन व्यवसायी डा. नारायण कँडेलले जानकारी दिएका छन् । उनले चिया समयअघि नै बहस सकिने भएकाले आदेश पनि चाँडै आउने अपेक्षा गरिएको जानकारी दिएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू