काठमाडौं, । पूर्वसभामुख कृष्णबहादुर महरालाई बलात्कार आरोप लगाएर जेल यात्रा गराएकी रोशनी शाही मृत फेला परेकी छिन् । उनी आइतबार अपरान्ह भक्तपुरस्थित बालकोटमा मृत फेला परेकी हुन् । उनको शव नजिकै एउटा पत्र समेत फेला परेको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेका अनुसार शाहीको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ । फेला परेको पत्र शाही आफैंले लेखेको हो वा होइन भन्नेबारे अनुसन्धान भइरहेको छ ।
महरा बहालवाला सभामुख रहेकै बेलामा शाहीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोप लागेको थियो । महराविरुद्ध उजुरी परेपछि काठमाडौं जिल्ला अदालतमा मुद्दा चलेको थियो ।महरा पुर्पक्षका लागि कारागार चलान भई पाँच महिनापछि उच्च अदालतको आदेशमा रिहा भएका थिए ।
प्रतिक्रिया दिनुहोस्