Ads

सेन्ट्रल कलेजकी सिइओ शर्माको जन्मदिनमा पाठशालाको अक्षयकोषमा सहयोग


भरतपुर,। सेन्ट्रल कलेजकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) सारदा शर्माको जन्मदिनमा पाठशालामा सहयोग गरिएको छ । चितवनको भरतपुर महानगरपालिका–१ वागिश्वरीस्थित शिद्धिदात्री दुर्गामन्दिर कोटिहोम आश्रमद्धारा सञ्चालित योगी नरहरीनाथ गीता पाठशालाको अक्षय कोषमा सहयोग गरिएको हो ।

कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी) पौडेलका अनुसार विभिन्न जातजातिका विद्यार्थी अध्ययनरत पाठशालामा स्थापना गरिएको अक्षयकोषमा रु ५१ हजार सहयोग गरिएको हो । सो अवसरमा उनिहरुलाई एक दिनको भोजन समेत गराइएको थियो ।

पाठशालामा स्थापना गरिएको अक्षयकोषमा सहयोग गर्ने शर्मा ४८ औं स्थानमा हुनुहुन्छ । यो अभियानलाई ३६५ सम्म पु¥याउने योजना रहेको आश्रमका पिठाधिस योगाचार्य डा.योगी खेचरनाथले जानकारी दिए । उएका अनुसार विभिन्न जिल्लाका ४० जना विद्यार्थी यस पाठशालामा अध्ययनरत छन ।

दलितदेखि उपाध्यय बाहुनसम्म अध्ययनरत यस पाठशालामा कर्मद्धारा ब्रामण बनाउने उदेश्य राखिएको छ । नेपाल सरकारबाट सम्बन्धन प्राप्त यस पाठशाला दाताहरुको सहयोगबाट सञ्चालन भइरहेको छ । जन्मदिनमा पाठशालामा अध्ययनरत बिद्यार्थीका लागि अक्षयकोषमा सहयोग गर्न पाउँदा खुसी लागेको सिइओ शर्माले बताए।

Ads

सम्बन्धित पोष्टहरू