Ads

कामीरिता पुगे ३१औं पटक सगरमाथा चुचुरो, बनाए अर्को ‘रेकर्ड’


काठमाडौं । कीर्तिमानी नेपाली पर्वतारोही कामी रीता शेर्पाले अर्को नयाँ कीर्तिमान कायम गरेका छन् ।

५५ वर्षीय उनले आज बिहान ३१औं पटक सगरमाथाको सफल आरोहण गरेका हुन् । सेभेन समिट ट्रेक्सले कामी रीताले आज (मंगलबार) बिहान ४ बजे उत्तर पूर्वी प्रान्तमा सगरमाथा (८८४८.८६ मिटर) को चुचुरोमा पाइला टेकेको जानकारी दिएको छ ।

सोलुखुम्बुका कामीरिता सेभेन समिट ट्रेक्सकै सिनियर गाइडका रूपमा कार्यरत छन् । जनवरी २, १९७० मा जन्मिएका उनले १९९२ देखि आरोहण सुरु गरेका थिए । योसँगै उनले आफ्नै कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएको सेभेन समिट ट्रेक्सका सञ्चालक छाङ दावा शेर्पाले जानकारी दिए ।

इतिहासमै सबैभन्दा धेरै पटक सगरमाथा आरोहणको कीर्तिमानी बनाएका उनी २२ जना भारतीय सैनिकहरूको आरोहण दलको मुख्य गाइडका रूपमा सगरमाथा आरोहणमा गएका थिए ।

अघिल्लो वर्ष उनी ३०औं पटक सगरमाथाको चुचुरोमा पुगेका थिए । २०३९ सालमा १२ वर्षको उमेरदेखि हिमाल आरोहण क्षेत्रमा काम गर्दै आएका कामीरिताले पहिलो पटक २०५१ सालको वसन्तकालीन याममा सगरमाथा आरोहण गरेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू