Ads

राष्ट्रिय युवा संघको नयाँ नेतृत्वका लागि मतदान सुरु


काठमाडाैं । नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा संघ नेपालको भावी नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।

सहमतिको लामो रस्साकस्सीपछि पोखरा सभागृहमा मङ्गलबार बिहान १० बजेबाट मतदान सुरु भएको हो ।

भावी नेतृत्वका लागि निवर्तमान अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरी आआफ्नो प्यानल खडा गरेर मैदानमा उत्रिएका छन् ।

मतदानका लागि ४२ इलेक्ट्रिक भोटिङ मेसिन राखिएको छ भने प्रदेशपिच्छे फरक फरक मतदान बुथ राखिएको छ ।

थेबे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाह तथा महासचिवमा महेश चौलागाईँ उम्मेदवार रहेका छन् । यस्तै, पुरी प्यानलबाट उपाध्यक्षमा प्रकाश गौतम र पर्वत भण्डारीसहित महासचिवमा कुबेर अधिकारी मैदानमा छन् ।

Ads

सम्बन्धित पोष्टहरू