गोरखा भूकम्पको १० वर्ष रातो मच्छेन्द्रनाथलाई मन्दिरभित्र राखिने भएको छ ।
भूकम्पले पूर्ण रूपमा क्षति पुगेको बुङमतीस्थित रातो मच्छेन्द्रनाथको मन्दिर पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेसँगै आइतबार भोटो जात्रापछि जावलाखेलबाट बुङगमती लगेर मच्छेन्द्रनाथलाई मन्दिरभित्र राख्ने तयारी भइरहेको छ ।
यसअघि देवतालाई अस्थायी रूपमा निर्माण गरिएको स्थानमा राखिँदै आएको थियो । मच्छेन्द्रनाथलाई बुङगमती फर्काउने तयारीमा जुटेका स्थानीयवासी उत्साहित र हर्षित देखिएका छन् । १० वर्षपछि मछिन्द्रनाथ आफ्नै मन्दिरमा पुनःस्थापना हुन लागेकोमा स्थानीयहरू खुसीसमेत देखिएका छन् ।
प्रतिक्रिया दिनुहोस्