Ads

गृहमन्त्रीलाई दोषी भनेका छैनौंः माओवादी केन्द्र


काठमाडौं, । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई दोषी करार नगरिएको बताउँदै छानबिनका लागि राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताएको छ । सोमबार बसेको पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले यस्तो बताएका हुन् ।‘छानबिन माग गरेको हो ।

गृहमन्त्री दोषी कसैले भनेको छैन,’ पार्टीको तर्फबाट धारणा राख्ने क्रममा उनले भने, ‘तर छानबिन अगाडि उहाँले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ भन्ने निर्णय भएको छ ।’ कर्मचारीको अस्वाभाविक सरुवा लगायतका प्रक्रियाले पनि गृहमन्त्री लेखकलाई विवादमा तानेको उनले बताए ।

‘गृहमन्त्रीले पठाएको बदनाम सहसचिव त्यहाँ जाने, अख्तियारले छापा मार्न लागेपछि फिर्ता बोलाउने, उहाँकै सचिवालयका मान्छे यस्तै केसमा परेकाहरू हुने, फेरि सरुवा गर्ने जस्ता अस्वभाविक प्रक्रियाहरुले उहाँलाई पनि यो विवादमा तानेको उनले बताए ।

Ads

सम्बन्धित पोष्टहरू