गलकोट (बागलुङ), । यहाँस्थित संसारकोटमा पूर्वाधार निर्माणले गति लिएको छ । भग्नावशेष अवस्थामा रहेका संसारकोट दरबार क्षेत्रमा पर्खाल र भगवती मन्दिर पुनर्निर्माण सुरु गरिएको छभने सत्तल र पदमार्गलगायत पूर्वाधार निर्माण जारी छन् ।
संसारकोटमा दुई महिनायता मन्दिरसहितका पूर्वाधार निर्माण भइरहेको छ । बागलुङ नगरपालिका–७ मा पर्ने संसारकोट पछिल्लो समय धार्मिक पर्यटकलाई पदमार्गमार्फत त्यहाँ पुर्याउन थालिएको छ । संसारकोट दरबारको पर्खाल पुनर्निर्माण तथा भगवती मन्दिर निर्माणमा खटिएका कामदार दुई महिनायता जङ्गलमै बास बसेर पूर्वाधार निर्माणमा खटिएका छन् ।
नगरपालिकाले संसारकोटलाई महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा चिनाउन २०७७ सालबाट विभिन्न काम सुरु गरेको थियो । समुद्री सतहबाट दुई हजार ४९० मिटरको उचाइमा रहेको संसारकोटमा अहिले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विनियोजन गरेको रु ३६ लाख बजेटबाट पुनर्निर्माण भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्