Ads

सुनको मूल्य सामान्य वृद्धि


काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको छ । जबकि बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार २०० रुपैयाँ कायम भएको थियो ।

यस्तै बिहीबार चाँदीको मूल्य तोलामा २ हजार ७५ रुपैयाँ कायम भएको थियो । बुधबारको तुलनामा चाँदीको मूल्यमा कुनै फेरबदल नभएको महासंघको भनाइ छ ।

Ads

सम्बन्धित पोष्टहरू