काठमाडौं, । इलाका प्रहरी कार्यालय सिमरा, बाराकी प्रहरी नायव उपरीक्षक (डएसपी) शुभद्रा वाइवालाई प्रहरी प्रधान कार्यालय नक्साल तानिएको छ ।
प्रहरीले प्रधान कार्यालयका अनुसार डीएसपी वाइबालाई केही बुझ्नु पर्ने भएकाले हेडक्वाटर झिकाइएको हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी रमेश थापाले आवश्यकताअनुसार हेडक्वाटर फिर्ता बोलाइएको बताए । वाइबाको ठाउँमा अर्का डीएसपी वेद जोशीलाई पठाइएको प्रवक्ता थापाले बताए ।
प्रतिक्रिया दिनुहोस्