Ads

रोमाञ्चक भिडन्तमा फ्रान्सलाई ५-४ गोलले हराउँदै स्पेन नेसन्स लिगको फाइनलमा


काठमाडौं । जर्मनीमा आयोजित यूइएफए नेसन्स लिगको सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई ५-४ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ।

यो खेललाई वर्षकै एक रोमाञ्चक प्रतिस्पर्धाका रूपमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले चित्रण गरेका छन् । पहिलो हाफमा स्पेनले २-० को अग्रता लिएको थियो।

दोस्रो हाफमा स्पेनले थप दुई गोल गर्दै ४-० को अग्रता बनायो। तर, फ्रान्सले उत्कृष्ट पुनरागमन गर्दै खेललाई ४-४ को बराबरीमा ल्याएको थियो। अन्ततः खेलको अन्तिम मिनेटमा स्पेनका लागि निर्णायक गोल आएपछि फ्रान्स पराजित भयो।

स्पेनका तर्फबाट लामिन यामालले दुई गोल गरे भने विलियम्स, मेरिनो र पेड्रीले एक-एक गोल गरे। फ्रान्सका लागि किलियन एमबापे, चर्की, र म्वानीले गोल गरे भने एक गोल स्पेनका खेलाडीको आत्मघाती गोल थियो। स्पेनले अब फाइनलमा पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछ। फ्रान्सका कप्तान किलियन एमबापेले खेलपछि निराशा व्यक्त गरे पनि टिमको प्रयासको प्रशंसा गरे।

Ads

सम्बन्धित पोष्टहरू