Ads

बाजुराको बाम्का बजारमा आगलागी, ४० पसल जले


बाजुरा, । बाजुराको बाम्का बजारमा शुक्रबार दिउँसो आगलागी भएको छ । बुढीगंगा नगरपालिका ६ साँफे(मार्तडी सडकखण्डमा पर्ने बाम्का बजारमा आगलागी भएको हो ।

आगलागीमा ४० भन्दा बढी पसलहरू जलेर पूर्ण रूपमा नष्ट भएको बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँले बताए ।

नगरप्रमुख बानियाँका अनुसार नवदुर्गा होटलबाट ग्यास पड्केर आगलागी भएको हो । दमकल नभएकाले आगो समयमै नियन्त्रणमा लिन नसकिएको स्थानीयले बताएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू