Ads

ओडीआईमा नेपालको अहिलेसम्मकै ठूलो स्कोर


काठमाडौं,। स्कटल्यान्डमा जारी आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजमा आइतबार नेपालले घरेलु टोलीसँग २ रनको थकथकीपूर्ण हार वेहोरिरहँदा अहिलेसम्मकै आफ्नो धेरै स्कोर बनाएर नयाँ बेन्चमार्क बनाएको छ। स्कटल्यान्डले दिएको ३२४ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ३२१ रन बनाउँदा अलआउट भयो।

सिरिजको पहिलो खेलमा नेपालले स्कटल्यान्डलाई १ विकेटले पराजित गरेको थियो। जारी सिरिजमा नेपालले पहिलो हार व्यहोर्दा पनि आफ्नो ओडीआई यात्रामा सर्वाधिक रन बनाएर इतिहास रच्न सफल भएको हो।

यसअघि नेपालले २०८० वैशाख ८ गते त्रिवि मैदान, कीर्तिपुरमा एसीसी प्रिमियर कपमा ओमानलाई ३११ रनको लक्ष्य दिएको थियो।टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनाएको थियो।

Ads

सम्बन्धित पोष्टहरू