काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि स्थगन भएको छ ।
बैठक सुरु भएलगत्तै विपक्षी दलहरूले उभिएर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगन गरेका हुन् । अर्को बैठक बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको छ ।
सभामुख घिमिरेले सदन सञ्चालनका लागि पटकपटक आग्रह गरे पनि विपक्षी दलहरूले मानेनन् । उनले आफू दलीय आधारमा बोल्न दिन तयार रहेको तर सबै सांसदले आसनग्रहण गर्नुपर्ने बताएका थिए ।
आज सभामुखले बैठक सुरु भएको घोषणा गर्नासाथ विपक्षी दलहरूले उभिएर सदन अवरुद्ध गरेका थिए । उनीहरू उभिएलगत्तै सत्तापक्षका केही सांसदले आपत्ति जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्