Ads

नेप्सेमा दोहोरो अङ्कको गिरावट, कारोबार ९ अर्ब ९० करोड माथि


काठमाडौँ । सेयर बजार परिसूचक (नेप्से) दोहोरो अङ्कले घटेको छ।  बुधबार बजार परिसूचक १३.६९ अङ्कले घटेर २,६६४.४७ बिन्दुमा बन्द भएको छ, जुन ०‍.५१ प्रतिशतको गिरावट हो ।

बजार घटेपनि कारोबार रकम भने अघिल्लो दिनभन्दा सामान्य बढेको छ । दिनभर बजारमा कुल २४४ वटा कम्पनी र ३०७ वटा स्क्रिपको २ करोड २० लाख ७५ हजार कित्ताभन्दा बढी सेयर किनबेच हुँदा ९ अर्ब ९० करोड ७० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो ।

आज कारोबारमा आएका कम्पनीहरूमध्ये अधिकांशको सेयर मूल्यमा गिरावट आएको छ। कुल १७० कम्पनीको सेयर मूल्य घट्दा जम्मा ७७ कम्पनीको मूल्य बढेको छ भने १ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज बजारमा हाइड्रोबाहेक सबै समूहका सूचक घटेका छन् । हाइड्रो भने १.१३ प्रतिशतले बढेको छ ।बजार समग्रमा घटे पनि केही कम्पनीका लगानीकर्ताले भने राम्रो नाफा कमाएका छन् । पियोर इनर्जी र सिनर्जी पावरको सेयर मूल्यमा ९.९९ प्रतिशत वृद्धिसहित सकारात्मक सर्किट लागेको छ। त्यस्तै, बुटवल पावर कम्पनी का लगानीकर्ताले पनि ९.९३ प्रतिशत कमाएका छन् ।

कारोबार रकमको आधारमा राधी विद्युत कम्पनी शीर्ष स्थानमा रह्यो । यस कम्पनीको ६१ करोड ५७ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भयो । त्यसपछि, सानिमामाई हाइड्रोपावरको ५९ करोड २७ लाख र बुटवल पावर कम्पनीको ५८ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

Ads

सम्बन्धित पोष्टहरू