Ads

दुर्गा प्रसाईंसहित सातजनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश


काठमाडौं,। गत चैत १५ मा तीनकुने भएको राजावादीको प्रर्दशनको घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंसहित सातजनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति यस्तो आदेश दिएको हो ।

प्रसाईंसहित सरोज गौतम, गोकर्ण शाही, दण्डपाणी रेग्मी, सुशिल बराल, केशव बस्नेत, कुमार तामाङलाई पुर्पक्षमा थुनामा राख्ने आदेश भएको हो ।गत चैत १५ मा तीनकुनेमा राजावादी आन्दोलनका क्रममा घटेका घटनाका विषयमा जेठ ११ मा सरकारी वकिल कार्यालयले ६१ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

Ads

सम्बन्धित पोष्टहरू