Ads

सुनको मूल्य एकैदिन तोलामा ४२ सयले बढ्यो, दुई लाखनजिक


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

शुक्रबार एक तोलामा चार हजार बढी रुपैयाँले बढेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज ४ हजार २०० रुपैयाँले वृद्धि भइ एक तोला सुनको मूल्य १ लाख ९७ हजार १०० कायम भएको हो।

अघिल्लो दिन एक तोला सुनको मूल्य १ लाख ९२ हजार ९०० रुपैयाँ पुगेको थियो।

सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ। यसदिन एक तोला चाँदी २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार एक तोला चाँदीको मूल्य २१ सय ५० कायम भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आज एक औंस सुन तीन हजार ४२७ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू