Ads

सुँगुरको मासु खाँदै गर्दा घाटीमा अड्किएर वृद्धको मृत्यु


विराटनगर,। घाँटीमा मासु अड्किएर एक वृद्धको मृत्यु भएको छ। धनकुटाको महालक्ष्मी नगरपालिका–९, मूर्तिढुङ्गाका ७८ वर्षीय प्रेमबहादुर लिम्बूको घाँटीमा मासु अड्किएर मृत्यु भएको हो ।

सुँगुरको मासु खाँदै गर्दा घाटीमा अड्किएका उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जेठ २१ गते राति करिब ९ बजे खानेबेला लिम्बूको घाँटीमा मासु अड्किएको थियो । अचेत अवस्थामा तत्काल उनलाई उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू