काठमाडौँ । एनिमल नेपालले २०८२/२/ ३१ गते शुक्रबार काठमाडौमा पत्रकारहरुसंग अन्तरकृया गरेको छ । उक्त कार्यक्रममा पशु ढुवानी मापदण्ड २०६४ लागू भएको १८ वर्ष बितिसक्दा पनि ढुवानी व्यवसायीहरूले यसको पालना नगरेको भन्दै पशु अधिकारकर्मी, सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । जनावरहरूको पक्षमा लामो समयदेखि काम गर्दै आएको एनिमल नेपालले उक्त कार्यक्रममा पशु कल्याणका विषय ओझेलमा परेको बताएको छ ।
एनिमल नेपालकी सुलक्षणा राणाले क्वारेन्टाइन सर्टिफिकेट र भेटेरिनरी प्रमाणपत्र मापदण्डअनुसार जारी नहुँदा ढुवानीका क्रममा पशुमाथि हुने ज्यादति ज्युँका त्युँ देखिएको गुनासो गरिन् । ‘सरकारले बनाएको ढुवानी मापदण्डमा ढुवानी गरिने जनावरको खाना, पानी, विश्राम, त्यसलाई गर्नुपर्ने व्यवहार लगायत प्रावधानहरू छन्,’ राणाले भनिन्, ‘तर व्यावहारिक रूपमा ती मापदण्ड कार्यान्वयन भएको पाइँदैन । अहिले पनि गाई, भैंसी, बाख्रा जस्ता जनावर सवारीसाधनमा खाँदेर, मुख र पुच्छर बाँधेर अमानवीय ढंगले ढुवानी हुने गरेको छ ।’
नेपाल सरकारले पशु सेवा ऐन २०५५, त्यसको नियमावली २०५६ र पशु ढुवानी मापदण्ड २०६४ का अनुसार प्रत्येक पशुपक्षी ढुवानी गरिने सवारी साधनमा प्राथमिक बाकस हुनु पर्ने, शारीरिक बनोट फरक भएका पशुको ढुवानी एउटै सवारी साधनमा गर्न नहुने, पशु ढुवानी गर्दा सबैको मुख चालक तर्फ फर्काइनु पर्ने, नाक र पुच्छरमा डोरी बाँध्न नहुने, ती जनावरहरूले टेक्ने भुईँमा ६ इन्च बाक्लो भुस, पराल वा सोतर राखिनु पर्ने भनी एनिमल नेपालले वकालत तथा पैरवी गर्दै आएको पनि बताईन । उनले सवारी साधनमा छेउ छेउमा फम टाँसिएको हुनु पर्नेमा नटाँसिएको ,एउटा ट्रकमा २० वटा मात्रै राँगा भैँसी ढुवानी गराउनु पर्नेमा ३० बटा सम्म ढेवानी गरेको सवारी साधनमा उनीहरूका लागि पराल, दाना पानीको व्यवस्था गरिनु पर्ने नगरिएको ८ घण्टा भन्दा बढीको यात्रा गर्न नहुने लगातार यात्रा गराइने गरेको बताईन ।
उक्त कार्यक्रममा एनिमल नेपालकी फिल्ड सुपर भाइजर लक्ष्मी खत्रीले पशुपक्षी तथा जनावरहरू ढुवानीका क्रममा ज्यादै दर्दनाक अवस्थाहरू देखिने गरेका बाताउदै यसलाई कम ढुवानी सम्बन्धी ऐन ल्याउन नेपाल सरकारलाई सरोकारवाला निकायहरू तथा सञ्चारकर्मीहरूले समेत दवाब दिन जरुरी रहेको बताईन ।
प्रतिक्रिया दिनुहोस्