Ads

कटहरियाको नगरसभाबाट ५४ करोड बजेट पारित


रौतहट । रौतहटको कटहरिया नगरपालिकाको नगरसभा  ११ औं अधिवेशनले आर्थिक वर्ष २०८२–०८३ को लागि  ५४ करोड रुपैयाँको बजेट पारित गरेको छ। सगरभाका अध्यक्ष कटहरियाका मेयर अजय प्रकाश जैसवालले आगामी आर्थिक वर्षको लागी ५४ करोड २५ लाख ५२ हजार ४ सय ७५ रुपैयाँ प्रस्तुत गरेका थिए।

आन्तरिक आय बाट रू ४ करोड अनुमान गरिएको छ । मंगलवार सम्पन्न नगरसभामा प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर साह लहेराले प्रस्तुत गरेको बजेटमा नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट १० करोड १९ लाख, सशर्त अनुदानबाट २० करोड ३२ लाख ५० हजार ९ सय ५२ रुपैयाँ, राजश्व बाँडफाँटबाट १० करोड २८ लाख ५१ हजार ३ सय ५७ रुपैयाँ रहेको छ।

त्यस्तै प्रदेश सरकारबाट वित्तीय समानीकरणबाट ६५ लाख राजस्व बाँडफाँटबाट ८ लाख ४८ हजार ५ सय रुपैयाँ, स्थानीय सरकार राजस्व बाँडफाँटबाट ८ करोड २८ लाख ८ सय ५४ रुपैयाँ गरी कुल आम्दानी ४९ करोड २७ लाख ६५ हजार ९ सय ५७ रुपैयाँमध्ये व्यय तर्फ कुल चालु खर्च ३५ करोड १३ लाख २६ हजार ९ सय ५ रुपैयाँ र पुँजीगत खर्च रू १४ करोड १४ लाख ३९ हजार ५२ रुपैयाँ गरी कुल खर्च ४९ करोड २७ लाख ६५ हजार ५७ रुपैयाँ हुने अनुमान गरिएको  प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर साह लहेराले सार्वजनिक गरेका थिए।

प्रस्तुत बजेटमा शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, लैंगिक समानता तथा सामाजिक समावेशीकरण, पूर्वाधार तथा सहरी विकास सम्बन्धी नीति, सिँचाइ, बिपद व्यवस्थापन, वातावरण सम्बन्धी नीति, प्राथमिकतामा राखिएको छ।

नगरसभाका प्रमुख अतिथि जिल्ला समन्वय समितिका सभापति रामअयोध्या यादव,नेपाल पत्रकार महासंघ रौतहटका सभापती सञ्जय कार्की, रातोपाटीकर्मी सञ्जय मिश्रा, नगर कार्यपालिका सदस्य मनोज कुमार जैसवाल लगायतका वक्ताहरुले नगरसभा उदघाटन सत्रको सफलताको शुभकामना दिँदै जनमुखी काम गर्न मेयर जैसवाल लाई सुझाव दिएका थिए।कार्यक्रममा उपमेयर रिता देवी यादवले स्वागत मन्तव्य राखेका थिए। उक्त अवसरमा नगरका हरेक क्षेत्रका प्रबुद्ध व्यक्तित्व, नागरिक समाज, जनप्रतिनिधि, शिक्षक ब्यापारी लगायतको सहभागिता रहेको थियो।

नगरसभामा केही असन्तुष्ट वडा अध्यक्षहरू अनुपस्थित रहेका थिए, तर नगर कार्यपालिका सदस्य मनोज कुमार जैसवालले मेयरको पक्षमा बहुमत रहेको दाबी गरेका छन् । रौतहटको १८ पालिकामध्ये यस पटक राजापुर पछि कटहरियाले समयसीमा भित्रै नगरसभा पारित गरेका छन्।

Ads

सम्बन्धित पोष्टहरू