Ads

विपिनको कप्तानीमा एसिसी यू-१६ एस्ट जोन कप खेल्ने नेपाली टोली घोषणा


एसिसी यू-१६ एस्ट जोन कप २०२५ का लागि नेपाली राष्ट्रिय टोली घोषणा गरिएको छ।

आइतबारदेखि मलेसियामा हुने प्रतियोगिताका लगि विपिनप्रसाद शर्माको कप्तानीमा टोली घोषणा गरिएको हो।

नेपाली टोलीको उपकप्तानमा सुर्यान्शु कोइराला छन्।

यस्तै टोलीमा शिवांश बजगाई (विकेटकिपर), परिमर्जन यादव (विकेटकिपर), रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशील बहादुर रावल, सुभम खनाल, प्रसिद्ध जैसी, जोय थापा र रोशन शाही छन्।

प्रतियोगितामा नेपालले सिंगापुरसँग आइतबार खेल्नेछ। त्यसपछि जापानसँग असार १० गते, इन्डोनेसियासँग असार १५ गते र भुटानसँग असार १७ गते खेल्नेछ।

प्रतियोगिताको सेमिफाइनल असार १९ र फाइनल असार २१ मा हुनेछ।

Ads

सम्बन्धित पोष्टहरू