Ads

गृहमन्त्रीले बनाएको छानबिन समिति अस्वीकार गर्दै राप्रपाले भन्यो- दूधको साक्षी बिरालो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भिजिट भिसा प्रकरण छानबिनका लागि सरकारले गठन गरेको समिति अस्वीकार गरेको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले पूर्वमुख्यसचिव शंकरदाब वैरागीको संयोजकत्वमा गठन भएको छानबिन समिति स्वीकार नभएको बताएका हुन् ।

‘यो समितिमा हाम्रो आपत्ति छ । यो निगाहमा बनेको समिति हो,’ उनले भने, ‘जसका उपर छानबिन गरिनुपर्ने उहाँहरूकै नेतृत्वमा यो समिति बन्यो भने यो त दूधको साक्षी बिरालो हुन्छ । यसले न्याय दिँदैन ।’

राप्रपाले मंगलबारको बैठक पनि बहिष्कार गरेको छ । यसअघि रास्वपा पनि बैठक बहिष्कार गर्दै बैठक स्थलबाट बाहिरिएको थियो ।

गृहमन्त्रीले बनाएको छानबिन समिति अस्वीकार गर्दै राप्रपाले भन्यो- दूधको साक्षी बिरालो जसका उपर छानबिन गरिनुपर्ने उसैको नेतृत्वमा समिति बन्यो भने हुन्छ । यसले न्याय दिँदैन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भिजिट भिसा प्रकरण छानबिनका लागि सरकारले गठन गरेको समिति अस्वीकार गरेको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले पूर्वमुख्यसचिव शंकरदाब वैरागीको संयोजकत्वमा गठन भएको छानबिन समिति स्वीकार नभएको बताएका हुन् ।

‘यो समितिमा हाम्रो आपत्ति छ । यो निगाहमा बनेको समिति हो,’ उनले भने, ‘जसका उपर छानबिन गरिनुपर्ने उहाँहरूकै नेतृत्वमा यो समिति बन्यो भने यो त दूधको साक्षी बिरालो हुन्छ । यसले न्याय दिँदैन ।’

राप्रपाले मंगलबारको बैठक पनि बहिष्कार गरेको छ । यसअघि रास्वपा पनि बैठक बहिष्कार गर्दै बैठक स्थलबाट बाहिरिएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू