Ads

पार्टी र आन्दोलनमाथिको रक्षा सिङ्गो पार्टीको कर्तव्य हाे: महासचिव पोखरेल


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी, आन्दोलन र नेतृत्वमाथि लक्षित प्रहारको प्रतिवाद गर्नु सम्पूर्ण पार्टीको साझा जिम्मेवारी रहेको बताएका छन।

महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत संक्षिप्त टिप्पणी गर्दै राजनीतिक उद्देश्यले गरिने प्रहारको प्रतिकार गर्नु नै पार्टीको मूल कर्तव्य भएको स्पष्ट पार्नुभएको छ। ‘पार्टी र आन्दोलनलाई कमजोर बनाउन जसका विरुद्ध प्रहार केन्द्रित गरिएको हुन्छ, त्यसको रक्षा गर्नु सिङ्गो पार्टीको कर्तव्य बन्न पुग्दछ’ महासचिव पोखरेलले लेखेका छन्।

महासचिव पोखरेलले पार्टीभित्रको ऐक्यबद्धता, नेतृत्वको संरक्षण र आन्दोलनको निरन्तरतामाथि विशेष जोड दिएका छन्। केही समययता नेकपा एमालेको नेतृत्वविरुद्ध सामाजिक सञ्जाल मार्फत लगातार आक्रमण भइरहेको बेला महासचिवको यस्तो अभिव्यक्ति आएको हो।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सामाजिक सञ्जाल र सार्वजनिक मञ्चहरूबाट आक्रमण भइरहेका बेला महासचिव पोखरेलको स्ट्याटस सार्वजनिक भएको हो। पार्टीभित्र आन्तरिक छलफल र बहस आवश्यक भए पनि नेतृत्वमाथि हुने योजनाबद्ध प्रहारले संगठनलाई कमजोर बनाउन सक्ने खतरा रहन्छ भन्ने सन्देश उनले दिएका छन।

Ads

सम्बन्धित पोष्टहरू