काठमाडौं । क्रिकेटर दीपेन्द्रसिंह ऐरीले प्रहरीबाट राजीनामा दिएका छन् ।
प्रहरी सहायक हवल्दार पदमा रहेका उनले केही दिनअघि राजीनमा दिएका हुन् । दीपेन्द्रको राजीनामा स्वीकृत भएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता विनोद घिमिरेले पुष्टि गरे ।
चीनमा सम्पन्न १९ औ एसियन गेन्समा क्रिकेटको टि २० तर्फ ६ छक्का हानेर विश्व रेकर्ड कायम गरेपछि उनले प्रहरी जवानबाट सहायक हवलदारमा विशेष बढुवा पाएका थिए ।
उनले २०८० असोजमा बढुवा पाएका थिए ।
प्रतिक्रिया दिनुहोस्