Ads

तोलामा २९०० रुपैयाँ घट्यो सुनको मूल्य


काठमाडौँ । नेपाली बजारमा शुक्रवार सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ९२ हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रवार घटेर तोलामा १ लाख ८९ हजार ४०० रुपैयाँ कायम भएको हो ।

यस्तै चाँदीको मूल्य शुक्रवार तोलामा २ हजार १६५ रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार चाँदीको मूल्य तोलामा २ हजार १७५ रुपैयाँ कायम भएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू