काठमाडौं । आमजनता पार्टीका अध्यक्ष प्रभु साहले निजामती सेवा विधेयक च्यातेका छन् ।
आइतबार संसद् बैठकमा विधेयकमाथिको छलफलमा भाग लिएका सांसद साहले विधेयकलाई ‘गरिबमारा’ भनेर च्यातिदिएका हुन् ।
“यो गरिबमारा विधेयक पारित भयो भने देशमा आगो बल्छ,” उनले भने ।
सांसद साहले विधेयकमा गरिबलाई निषेध गरिएको दाबी गरे । विधेयकबाट संविधानको नै उल्लंघन गरिएको उनको भनाइ छ । उनले तल्लो तहका कर्मचारीको वृत्ति विकासमा रोक लगाइएको बताए ।
“गरिबको भाग्य भविष्यलाई कत्लेआम आएको यो निजामती विधे
प्रतिक्रिया दिनुहोस्