Ads

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आजदेखि, यस्ता छन् एजेण्डा


काठमाडौं । करिब ९ महिनापछि नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

बैठक आज दिउँसो १ बजेबाट पार्टी कार्यालय सानेपामा सुरु हुने छ । बैठकले सरकारको समीक्षा, भ्रातृ संस्थाको म्याद थप गर्नेबारे छलफल हुने छ ।

यस्तै, क्रियाशील सदस्यता वितरण, समसामयिक राजनीति विषयमा पनि छलफल हुने छ । बैठकमा प्रदेश सरकारका मन्त्रीहरूले पनि आफ्नो रिपोर्ट कार्ड पेश गर्ने बताइएको छ ।

Ads

सम्बन्धित पोष्टहरू