Ads

संरक्षणको अभावमा गुँदे ताल


पोखरामा रहेका ९ तालमध्येको एक हो, गुँदे ताल । पोखरा महानगरपालिका–२६, लेखनाथमा पर्ने उक्त तालको क्षेत्रफल ४.९८ हेक्टर छ ।

गुन्द्री बुन्न प्रयोग गरिने गुँद नामक वनस्पति पाइने भएकाले त्यसलाई गुँदे ताल भनिएको हो । संरक्षणको अभावमा गुँद र ताल दुवै संकटमा परेका छन् ।

ताल वरपर घाँसे मैदान भएकाले यसलाई चराहरूको वासस्थानका रूपमा विकास गराउन उपयुक्त रहेको स्थानीय बताउँछन् । गर्मीमा तराई क्षेत्रका चरा गर्मी छल्न र जाडो मौसममा हिमाली भेगका चराचुरुङ्गी जाडो छल्न उक्त तालमा आउने गर्छन् ।

तर, संरक्षण नहुँदा तालमा आउने चराचुरुङ्गीको संख्या घट्न थालेका छन् ।

Gudepokhari,-pokhara_-573-1751255556.jpg
Gudepokhari,-pokhara_-574-1751255557.jpg
Gudepokhari,-pokhara_-570-1751255556.jpg
Gudepokhari,-pokhara_-571-1751255556.jpg
Gudepokhari,-pokhara_-572-1751255556.jpg
Gudepokhari,-pokhara_-568-1751255555.jpg
Gudepokhari,-pokhara_-569-1751255555.jpg
Gudepokhari,-pokhara_-567-1751255554.jpg
Gudepokhari,-pokhara_-566-1751255554.jpg

Ads

सम्बन्धित पोष्टहरू