Ads

कुलिङ पिरियडबारे सभामुखसँग सांसदहरुको छलफल


प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सांसदहरूले सभामुख देवराज घिमिरेलाई भेटेका छन्।

सभापति रामहरि खतिवडासहित सांसदहरूले मंगलबार बिहान सभामुख घिमिरेलाई भेटेका हुन्।

कुनै पनि निजामती कर्मचारी वा अन्य कर्मचारीले राजीनामा दिएमा वा सेवाबाट हटेमा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश पाएको मितिले दुई वर्षको अवधि पूरा नभइ कुनै पनि संवैधानिक र सरकारी नियुक्ति लिन नपाउने सहमति भए पनि निजामती विधेयक प्रतिनिधि सभाबाट पारित हुँदा बाहेक शब्द राखिएको थियो। त्यसमा सांसदहरूले आपत्ति जनाएका छन्।

राज्य व्यवस्था समितिका सभापति खतिवडाले यसबारे ध्यानाकर्षण गराउन सभामुख घिमिरेसँग सोमबार नै टेलिफोन गरी समय माग गरेका थिए।

संवैधानिक वा कुटनीतिक नियुक्तिमा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्ति बाहेक भन्ने शब्द रहेको भन्दै त्यसलाई सच्याएर राष्ट्रिय सभामा पठाउन सांसदहरूले ध्यानाकर्षण गराएका छन्।

Ads

सम्बन्धित पोष्टहरू