Ads

तीनै तहका सरकारको सामर्थ्य बढाउन शंकर पोखरेलका सात सुझाव


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकप्रिय हुनकै लागि राज्यले नधान्ने माग राख्नु अनुचित भएको बताएका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पोखरेलले विकास र समृद्धिका लागि तीनै तहका सरकारलाई आफ्नो सामर्थ्य बढाउन आग्रह गरेका छन् ।

पोखरेलले सरकारलाई सामर्थ्य बढाउन विभिन्न सातवटा सुझाव पनि दिएका छन् । लेख्दै पोखरेलले अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउनु सरकारको सामर्थ्य बढाउने पहिलो प्रयास हुने उल्लेख गरेका छन् ।

यसैगरी राजश्व परिचालन गरी स्रोत वृद्धिको प्रभावकारी योजना बनाउन पनि उनले तीनै तहका सरकारलाई सुझाएका छन् ।

महासचिव पोखरेलले तोकिएको समयमा योजनाअनुसारको कार्यसम्पादनमा जोड दिन पनि आग्रह गरेका छन् । सरकारहरूले सूचना प्रविधिको अधिककतम् प्रयोग गरेर सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन पनि उनले सुझाव दिएका छन् ।

यसैगरी मागमा आधारितभन्दा योजनामा आधारित कार्यक्रमलाई जोड दिन पनि पोखरेलले भनेका छन् । महासचिव पोखरेलले सरकारहरूले आफूले गरेका कामको अभिलेखिकरण र मूल्यांकन प्रकृयालाई प्रभावकारी बनाउन आग्रह गरे ।

यी सबै काम गर्न आफ्नो तहको प्रशासनिक र संरचनागत सुधार गर्दै कार्य दक्षता र जवाफदेहिता अभिवृद्धिमा जोड दिनुपर्ने महासचिव पोखरेलले उल्लेख गरेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू