Ads

सरकारले छिट्टै पशु कल्याण ऐन जारी गर्ने तयारी गरिरहेको छ : मन्त्री अधिकारी


काठमाडौं । बुधबार एनिमल नेपालले आयोजना गरेको कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले यही सरकारले पशु कल्याण ऐन जारी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले कार्यक्रममा बोल्दै मन्त्रालयले सरोकारवालासँग छलफल गरी छिट्टै ऐन ल्याउने तयारी गरिरहेको बताए ।

एनिमल नेपाललले पशु कल्याण सम्बन्धी चुनौती तथा वर्तमान अवस्थामा पशु कल्याण ऐन तथा व्यवस्थापन सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

एनिमल नेपालकी संस्थापक अध्यक्ष प्रमदा शाहले पशु कल्याण ऐनको आवश्यकता रहेको बताउँदै यसले पशुपन्छीमाथि हुने क्रूर व्यवहार कम गर्न सहयोग पुग्ने र समयसापेक्ष संशोधन आवश्यक रहेको जोड दिइन् ।

कार्यक्रममा पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा. आभास पौडेलले मानव(पशु सम्बन्ध, पशु कल्याण, अधिकार र मुलुकी ऐनका व्यवस्थाबारे प्रस्तुति दिए । उनले पशु कल्याण ऐनका लागि पशु कल्याण महासंघमार्फत एकीकृत आवाज उठाउँदा प्रभावकारी हुने सुझाए ।

एनिमल नेपालकी कार्यक्रम संयोजक सुलक्षणा राणाले प्रत्येक जीवको स्वतन्त्र बाँच्ने अधिकार सुनिश्चित गर्नुपर्ने बताइन् । उनले पशु कल्याणका मापदण्ड बने पनि कार्यान्वयन नहुँदा पशुपन्छीले दुख भोग्नुपरेको गुनासो गरिन् ।

Ads

सम्बन्धित पोष्टहरू