काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ इप्पान ले ‘पावर समिट २०२५’ को नवौँ संस्करण आयोजना गर्ने औपचारिक घोषणा गरेको छ ।
बिहीबार आयोजित एक पत्रकार सम्मेलन गर्दै यही सेप्टेम्बर १७ र १८ तारिख अर्थात् असोज १ र २ गते काठमाडौँमा हुने जानकारी दिएको हो । यस पटकको सम्मेलनको नारा ‘मिसन २८,५०० मेगावाटः पावरिङ नेपाल, इनरजाइजिङ रिजन’ तय गरिएको इप्पानले जनाएको छ ।
नेपाललाई स्वच्छ ऊर्जाको क्षेत्रीय केन्द्रको रूपमा स्थापित गर्ने दृष्टिकोणका साथ आयोजना हुन लागेको यो सम्मेलनले हिमालय राष्ट्रको ऊर्जा क्षेत्रको भविष्यलाई आकार दिन एक कोशेढुंगा साबित हुने इप्पानका अध्यक्ष गणेश कार्कीले बताए ।
सरकारले एक दशकमा थप २५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित ‘ऊर्जा विकास मार्गचित्र–२०८१’ अघि सारेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको संरक्षण, नेपालस्थित भारतीय दूतावासमार्फत भारतलाई ‘कन्ट्री पार्टनर’को रूपमा तथा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सङ्घसंस्थाको सहभागितामा यो सम्मेलनलाई भव्य रूपमा आयोजना सङ्घले जनाएको छ ।
यसअघि इप्पानले सन् २००६, २००७, २००८, २०१२, २०१३, २०१६, २०१९ र २०२३ मा सम्मेलन आयोजना गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्