Ads

मलेसियन लगानीकर्तासमक्ष अर्थमन्त्री पौडेल: नेपालमा उपयुक्त वातावरण छ, अघि बढ्नुस्


उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वाधार र पर्यटन क्षेत्रमा थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह गरेका छन्।

नेपाल भ्रमणमा रहेको मलेसिया-नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलमा सहभागी लगानीकर्तालाई नेपालको पूर्वाधार विकास र पर्यटनमा राम्रो सम्भावना रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले थप लगानी गर्न अनुरोध गरेका छन्।

‘निजी क्षेत्रबाट लगानीका लागि नेपालमा उपयुक्त वातावरण छ। नीतिहरू लगानीमैत्री छन्। लगानीका क्षेत्रहरू पहिचान गरी राम्रो तयारीसहित अघि बढ्नुस्। सरकार सहयोग गर्न र सहजीकरण गर्न तयार छ,’ अर्थमन्त्री पौडेलले भने।

प्रतिनिधिमण्डलमा सहभागीहरूले सूचना प्रविधि, व्यापार, हाइड्रो, पूर्वाधार, वातावरण, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्नेबारे चासो व्यक्त गरेका थिए। प्रतिनिधिमण्डलमा मलेसिया-नेपाल व्यापार परिषद्का अध्यक्ष प्रदीपकुमार कुकरेजा, डा. चाइ कि खान, गणेशकुमार वनगाह, एमके संग्राह लगायत सहभागी थिए।

Ads

सम्बन्धित पोष्टहरू