हेटौंडा । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मकवानपुरको बकैया गाउँपालिका वडा नंबर.३ हात्तीसुडे बजार क्षेत्रमा भएको दुर्घटनामा मोटरसाइकल चालक बकैया–५ श्रीपुर बस्ने २८ वर्षीय श्याम लामाको ज्यान गएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गएराति धरान चतरा सडकखण्ड अन्तर्गत हात्तीसुँडेबाट श्रीपुरतर्फ आउँदै गरेको प्रदेश २–०३–०१८प २५५७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर सडकको नालीमा खस्दा दुर्घटना भएको हो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका लामालाई उपचारको लागि हेटौंडा स्थित चुरेहिल अस्पताल ल्याउँदा डाक्टरले मृत घोषणा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्