Ads

विनाशकारी बाढीले तहसनहस टिमुरे भन्सार क्षेत्र


मंगलबार बिहान तीब्बत क्षेत्रबाट आएको बाढीले नेपाल-चीन जोड्ने रसुवा नाका तहसनहस बनाएको छ । बाढीले गोसाइकुण्ड गाउँपालिका–२ स्थित बाढीले टिमुरे भन्सार क्षेत्र ध्वस्त भएको हो ।

बाढीले नेपाल-चीन सीमा क्षेत्रको मितेरी पुल बगाएको छ भने २४ वटा कन्टेनर, ६ वटा ट्रक र ३५ वटा इभी गाडी बगाएको छ ।

स्याफ्रुबेसीदेखि टिमुरे जाने सडकसमेत पूर्ण रूपमा अवरुद्ध भएको छ । रसुवागढी हाइड्रोको ड्याम, भन्सार कार्यालय रसुवाको यार्डमा समेत क्षति भएको छ । नेपाल प्रहरीका अनुसार बाढीमा परेकामध्ये ९ जनाको शव फेला परेको छ । अझै १९ जना बेपत्ता छन् । बेपत्ता हुनेमा दुई प्रहरी, ६ चिनियाँ नागरिक र ११ जना सर्वसाधारण छन् ।

रसुवाको भोटेकोसीमा मंगलबार आएको बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको छ । बाढीले पुल बगाएपछि चीनसँगको सम्पर्क टुटेको छ । सँगै बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ ।

चीनतर्फबाट आएको बाढीले गोसाइँकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा वितण्डा मच्चाउँदा टिमुरे भन्सार क्षेत्र ध्वस्त भएको छ । नेपाल प्रहरीका अनुसार रसुवामा गएको बाढीमा बेपत्ता भएकामध्ये ९ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार अझै १९ जना बेपत्ता छन् । प्रहरीका अनुसार दुई प्रहरी, ६ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण बेपत्ता छन् ।

Timure-vansar-1-1752110929.JPG

Timure-vansar-2-1752110940.JPG

Timure-vansar-3-1752110961.JPG
Timure-vansar-4-1752110971.JPG
Timure-vansar-5-1752110980.JPG
Timure-vansar-6-1752110991.JPG
Timure-vansar-7-1752110999.JPG
Timure-vansar-8-1752111007.JPG
Timure-vansar-9-1752111016.JPG
Timure-vansar-10-1752111024.JPG
Timure-vansar-11-1752111032.JPG
timure-12-1752117277.JPG
timure-13-1752117285.JPG
Timure-14-1752117294.JPG
Timure-15-1752117302.JPG
timure-16-1752117311.JPG
Timure-17-1752117319.JPG
timure-18-1752117328.JPG
Timure-19-1752117336.JPG
तस्वीरहरू: प्रकाशचन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी

Ads

सम्बन्धित पोष्टहरू