काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै त्यसका विरुद्धको हस्ताक्षर अभियानमा अभिनेत्री मनीषा कोइरालाले पनि ऐक्यबद्धता जनाउने भएकी छन्।
लामिछानेको पक्षमा हस्ताक्षर गर्न उनी बिहीबार रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा जाँदैछिन्।
बिहान ११:३० मा कोइराला पार्टी कार्यालयमा हस्ताक्षर गर्न आउने रास्वपा निकट सञ्चारकर्मी प्रमोद न्यौपानेले जानकारी दिए।
वैचारिक रूपमा राजसंस्थाको समर्थक रहेकी मनिषा कुनै पार्टीका पक्षमा अहिलेसम्म खुलेकी भने छैनन्।
प्रतिक्रिया दिनुहोस्