Ads

बालेनले सात महिनापछि बोलाए कार्यपालिका बैठक


काठमाडौं । सात महिनापछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले कार्यपालिका बैठक बोलाएका छन् ।

शुक्रबार (असार २७) दिउँसो बस्ने गरी उनले कार्यपालिका बैठक बोलाएका हुन् ।

महानगरका सहायक प्रवक्ता ध्रुव काफ्लेका अनुसार, शुक्रबार बिहान ११ बजे स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक बस्नेछ । त्यसपछि कार्यपालिका बैठक बस्ने तयारी छ ।

“समितिको बैठकको लागि पत्राचार भइसकेको छ । कार्यपालिकाको हुन बाँकी छ,” उनले भने ।

मेयर र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण गएको पुसदेखि कार्यपालिका बैठक बस्न सकेको थिएन ।

Ads

सम्बन्धित पोष्टहरू