Ads

एसीसी यू-१६ इस्टन रिजन कप विजेता टोलीलाई क्यानले जनही ५० हजार दिने


काठमाडौँ। एसीसी यू-१६ इस्टन रिजन कप विजेता टोलीलाई नेपाल क्रिकेट संघ क्यानले जनही ५० हजार नगद दिने भएको छ।

एसियन क्रिकेट काउन्सिल एसीसीको कार्यक्रम अनुसार नेपाल, भुटान, ईन्डोनेशिया, हङकङ, जापान, माल्दिभ्स, म्यानमार, मलेशिया, थाईल्याण्ड र सिंगापुरको यु-१६ पुरुष राष्ट्रिय क्रिकेट टोलीविच यहि जुन २० देखि जुलाई ५, २०२५ सम्म मलेशियामा प्रतियोगिता संचालन भएको थियो।

एसीसी मेन्स यु-१६ इस्ट जोन कप क्रिकेटका रुपमा रहेको उक्त प्रतियोगितामा सहभागी भएको टोलीलाइ क्यानले नगद पुरस्कार दिएको हो।

उसले भनेको छ ‘प्रतियोगितामा सहभागि भइ प्रथम स्थान हाँसिल गरी विजयी हुन सफल नेपाली यु-१६ राष्ट्रिय पुरुष क्रिकेट टोलीमा समावेश खेलाडी तथा अफिसियलहरुलाई जनही रु.५०,०००।- (पचास हजार) का दरले हौसला स्वरुप पुरस्कार रकम उपलब्ध गराउने निर्णय भएको व्यहोरा जानकारी गराउन चाहन्छु।’ विज्ञप्तीमा भनिएको छ।

Ads

सम्बन्धित पोष्टहरू