काठमाडौँ । काठमाडौँ महानगरपालिकाले असार २९ गते बजेट ल्याउने भएको छ। शुक्रबार बसेको कार्यपालिकाको बैठकले असार २९ गते बजेट ल्याउने निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले महानगरपालिकाले असार मसान्तसम्म बजेट ल्याइसक्नुपर्ने दायित्व पूरा गरेको बताए। असारको २९ गते २ बजे नगरसभा गर्ने गरी बैठक टुंग्याएको उनले जानकारी दिए।
मेयर बालेन साह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुराईंबीचको विवादका कारण ६ महिनादेखि कार्यपालिका बैठक बस्न सकेको थिएन।
असार १० गते बजेट अनिवार्य लिनुपर्ने कानुनी व्यवस्थालाई उल्लंघन गर्दै मेयर साहले बैठक नबोलाएपछि उनी आलोचित बनेका थिए।
प्रतिक्रिया दिनुहोस्