मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)पार्टनरको रचनात्मक क्रियाकलापले तपाईंलाई नयाँ प्रेरणा प्राप्त हुनेछ । कामको चापले मानसिक तनाव दिन सक्छ, तर प्रेम र रोमान्सको लागि केही समय छुट्याउनु सकारात्मक हुनेछ । मातापिता र गुरुजनहरूसँग सुमधुर सम्बन्ध रहनेछ । सुदूर वा दुर्गम स्थानको यात्राको योजना बनाउन उपयुक्त समय हो ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)जीवनसाथी वा परिवारका सदस्यसँग मतभेद र विवाद बढ्न सक्छ । यात्रा टार्न सके राम्रो हुनेछ । लामो समय कम्प्युटर वा किताबमा बिताउँदा दिमाग भारी हुनसक्छ, त्यसैले ध्यान वा मेडिटेशन गर्नु फाइदाजनक हुनेछ । शरीरमा थकान, उत्साहको कमी, तर आत्मबलका लागि तपाईंको हौसला आफन्तहरूका लागि पनि जरुरी हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)काममा सफलता मिल्नेछ । आफ्ना कर्तव्यसँगै परिवार वा जीवनसाथीको भावनालाई पनि सम्मान दिने दिन हो । एकान्तमा बस्ने इच्छा पूरा हुन सक्छ, मनका कुरा साथीहरूसँग बाँड्न सकिने छ । ठूलाबडासँगको सम्बन्धले लाभ दिलाउनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)व्यापारिक वा सरकारी कुराकानीको सम्भावना देखिन्छ । सन्तान र जीवनसाथीको साथ मिल्नेछ । सानातिना कुरामा बहस हुन सक्ने भएकाले संयम अपनाउनु राम्रो हुन्छ । स्वास्थ्य र खानपानमा विशेष ध्यान दिनुपर्ने समय हो ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)कसै प्रति गहिरो आकर्षण हुन सक्छ, तर भावनामाथि नियन्त्रण गर्नु बुद्धिमानी हुनेछ । चलाखीपूर्वक काम गर्दा अतिरिक्त आम्दानी प्राप्त हुनेछ । व्यक्तित्व विकास र भविष्यको तयारीमा ध्यान दिने समय हो । इन-सर्भिस तालिम वा अध्ययनको अवसर प्राप्त हुन सक्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)एकोहोरोपन वा नैराश्य बढ्न सक्छ । सहकर्मी वा घरपरिवारका सदस्यहरूसँग संवाद बढाउनु उचित हुनेछ । विश्वासको संकट हुन सक्छ, साना कुरामा विवाद बढ्न सक्छ, त्यसैले पारदर्शिता आवश्यक छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)संगी-साथी वा आफन्तसँग भेटघाट र सहकार्यमा सफलता मिल्नेछ । पारिवारिक तथा आर्थिक पक्ष सुदृढ रहनेछ । मिहिनेतको प्रतिफल प्राप्त हुनेछ । प्रतिष्ठा र आत्मसम्मान बढ्नेछ । व्यवसाय वा काममा प्रगतिको सम्भावना प्रबल छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)व्यक्तिगत चाहनाका लागि खर्च बढ्न सक्छ । आम्दानीमा वृद्धि भए पनि जोखिमपूर्ण कार्यबाट टाढा रहनु राम्रो हुन्छ । पार्टनरको सहयोगले आर्थिक समस्या समाधान हुनेछ । कृषि वा खाद्य वस्तुको कारोबारमा सफलता मिल्ने सम्भावना छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)मन भोगविलास र मनोरञ्जन प्रति आकर्षित हुनेछ । पारिवारिक सम्पर्क र सम्बन्धमा सुधार आउनेछ । ऋण वा उधारो रकमको विषय उठ्न सक्छ । औषधि, काठ, फर्निचर लगायतका व्यवसायमा लाभ मिल्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)हठ वा कुण्ठाले मानसिक द्वन्द्व बढाउन सक्छ । आर्थिक पक्ष बाधक बन्न सक्छ । आशाभन्दा यथार्थमा आधारित भएर अघि बढ्दा सफलता मिल्नेछ । परेका समस्याको समाधान खोज्दै दिन बित्नेछ । कार्यालय बाहिरको जिम्मेवारीमा पनि खट्नुपर्ने समय हो, कर्तव्यमा गम्भीर हुनु जरूरी छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)बौद्धिक प्रयास र अध्ययनमा मिहिनेत गर्नुपर्ने दिन हो । सहयोगी वा साथीहरूको असहयोगले तनाव हुन सक्छ, तर आफ्नो दक्षताले सफलता मिल्नेछ । नयाँ योजनाको सुरुवात गर्न अनुकूल समय हो ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)मिहिनेत गर्दा महत्त्वपूर्ण वस्तु वा अवसर हात लाग्नेछ । सहयोगीहरूको साथले आत्मविश्वास बढ्नेछ । व्यवसायमा नयाँ योजना सुरु गर्न सकिनेछ । प्रतिस्पर्धासँगको अन्तर्क्रिया महत्वपूर्ण हुनेछ ।
प्रतिक्रिया दिनुहोस्