Ads

२०८२ असार ३१ गते मंगलबार, तपाईको दैनिक राशिफल


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)सामाजिक कार्यमा सम्मान र प्रतिष्ठा प्राप्त हुने दिन हो । मनमा धार्मिक वा आध्यात्मिक विषय प्रति आकर्षण बढ्नेछ । प्रेम र पारिवारिक सम्बन्धमा मिठास आउनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)सहकर्मी तथा मित्रसँग सहकार्यमा सफलता मिल्नेछ । दबाबमा गरिएका निर्णयले पछुतो हुने सम्भावना छ, त्यसैले धैर्यपूर्वक सोचेर निर्णय गर्नुहोस् । मनमा सृजनशील विचार आउनेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)सुख सुविधा तथा भौतिक सामाग्रीमा खर्च बढ्न सक्छ । नयाँ लगानी वा व्यवसाय सुरु गर्न चाहनुहुन्छ भने साझेदारीमा भन्दा एक्लै अघि बढ्नु उपयुक्त हुनेछ । दाम्पत्य सम्बन्ध बलियो बन्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आजको दिनमा अहंकार र घमण्डले सम्बन्धमा असर पार्न सक्छ । बहस, विवाद वा वादविवादमा संलग्न हुनुभन्दा शान्त रहनु राम्रो हुनेछ । आफ्नो काम प्रति लगाव बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)जोखिमयुक्त कार्य टार्नु राम्रो हुनेछ । साथीभाइ वा प्रतिद्धन्द्वीले तपाईंको कमजोरी देखाउने प्रयास गर्न सक्छन् । तर, आत्मबल र आत्मविश्वासका साथ अघि बढेमा सफलता पाउने सम्भावना बलियो छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)पारिवारिक वातावरण केही चञ्चल हुन सक्छ। व्यापारिक क्षेत्रमा विशेष लाभ हुने सम्भावना छ, विशेष गरी कृषि, फलफूल वा रत्न व्यवसायमा । विद्यार्थी वर्गका लागि आजको दिनमा मनोबल उच्च हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)सामाजिक काम वा अनावश्यक छलफलले समय खेर जान सक्छ । कामको चाप बढे पनि संयमित रहनुहोस् । प्रेम सम्बन्धमा केही मतभेद आउन सक्नेछ । नयाँ साथी वा सम्बन्ध बन्ने सम्भावना छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)पारिवारिक आवश्यकता वा आकस्मिक खर्चले केही धन खर्च गर्नुपर्ने हुन सक्छ । व्यवहारमा सुधार ल्याउनु पर्ने समय हो । अध्ययन, अभिव्यक्ति तथा बोलचालमा सहजता आउनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)आत्मविश्लेषण र आत्मसुधारको दिन हो । कल्पनामा रमाउने भन्दा कार्यमा लागेमा राम्रो नतिजा पाइनेछ । उच्च पदस्थ व्यक्तिहरूसँग सम्बन्ध बलियो बन्ने सम्भावना छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)पारिवारिक र दाम्पत्य सम्बन्धमा केही असमझदारी आउन सक्छ । अनावश्यक तनाव लिनुभन्दा संवाद बढाउनु उपयुक्त हुनेछ । खर्च नियन्त्रणमा राख्नु राम्रो हुन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)योजना अनुसार काम अघि बढ्नेछ । सहकर्मी वा पार्टनरसँग सहकार्यमा सफलता मिल्ने सम्भावना छ । रमाइलो यात्राको अवसर बन्न सक्छ । घर जग्गा वा सम्पत्ति सम्बन्धी कार्यमा लाभ पाउने संकेत छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)भाग्यभन्दा कर्ममा विश्वास गर्नुहोस् । अध्ययन र प्रतिस्पर्धामा सफलता मिल्नेछ । पद, प्रतिष्ठा वा सम्मान बढ्नेछ । मान्यजनको आशीर्वादले नयाँ मार्ग खुल्नेछ ।

 

 

Ads

सम्बन्धित पोष्टहरू