Ads

अडियोमा जोसुकै बोलेको भए पनि नियन्त्रणमा लिएर तत्काल छानबिन थाल्नु पर्छ: नेता थापा


नेकपा एमालेका नेता सूर्य थापाले विवादास्पद अडियो प्रकरणमा सुनिएका आवाजहरूको अविलम्ब अनुसन्धान गर्दे जो सुकै बोलेको भएपनि तिनलाई नियन्त्रणमा लिएर छानबिन गरिहाल्नु पर्ने बताएका छन्।

अडियो प्रकरण सार्वजनिकसँगै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीबाट राजकुमार गुप्ताले हिजो राजीनामा दिएपछि थापाले आज यस्तो प्रतिक्रिया दिएका हुन्। उक्त अडियोमा गुप्तासँगै अन्य एक पूर्व मन्त्री, विचौलिया र बहालवाला एक मन्त्रीको नाम उल्लेख गरिएको छ।

‘सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीबाट राजकुमार गुप्ताले दिनुको अर्थ यस विषयको गम्भीरतालाई मध्यनजर गरी गम्भीर छानबिन हुनुपर्ने जन दबाबलाई स्वीकार गरिएको छ। यस प्रकरणमा विवादास्पद अडियोको आवाजमा कोको संलग्न रहेका छन्? ती सक्कली हुन् कि नक्कली? राज्यका अनुसन्धान गर्ने निकायहरूले अविलम्ब काम थाल्नुपर्छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सार्वजनिक अडियोमा जोसुकै बोलेको भए पनि नियन्त्रणमा लिइहालेर छानबिन गरी दूधको दूध/पानीको पानी छुटाउनु पर्छ। दोषी ठहरिएका कसैले उन्मुक्ति पाउनुहुँदैन। झोसपोलवाला, बिचौलिया धन्धाकर्मी र ठगहरू कोही पनि छानबिनको दायराभन्दा बाहिर रहनुहुँदैन।’

उनले एक मन्त्रीको राजीनामा आउँदैमा सिङ्गो घटना फासफुस बनाउन नहुने तर्फ सचेत गराएका छन् ।‘विषयको उठान आरोप–प्रत्यारोप र एक मन्त्रीको राजीनामा अनि फासफुस हुन/गर्नका लागि होइन,’ उनले लेखेका छन्, ‘सुशासनको प्रत्याभूति गर्न हो।’

Ads

सम्बन्धित पोष्टहरू