Ads

साउनको पहिलो दिन पशुपतिनाथमा भक्तजनको भीड (तस्बिरहरू)


आज १ साउन अर्थात् साउने संक्रान्ति पर्व । साउने संक्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदै छ ।

सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर साउने संक्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ । साउन महिनाको पहिलो दिन साउने संक्रान्तिको न्तिको अवसरमा काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा भक्तजनको बिहानबाटै बाक्लो उपस्थिति देखिन्छ।

साउन महिनालाई विशेष रूपमा भगवान् शिवको पूजा गरेर मनाउने महिनाका रूपमा पनि लिइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गर्छन् । साउन महिनामा विशेषगरी हरियो कपडा, चुरा बढी बिक्री हुने गरेको छ । यो महिनामा धेरै महिलाले हरियो र रातो पहिरन लगाउने गर्छन् ।

pashupati-1-1752716412.JPG

2-1752716426.JPG

Ads

सम्बन्धित पोष्टहरू