Ads

गम्भीरताका साथ बहसमा सहभागी बनौँः ईश्वर पोखरेल


काठमाडौँ, । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आज बस्ने पार्टीको पोलिट ब्यूरोको बैठकमा गम्भीरताका साथ छलफल बहसमा सहभागी हुन आग्रह गरेका छन्।सामाजिक सञ्जलामा लेख्दै उनले यस्तो आग्रह गरेका हुन‍्।

साथै उनले बैठकमा सहभागी हुने सबै सदस्यले केन्द्रीय कमिटीमा प्रस्तुत हुने प्रस्तावलाई थप परिमार्जन गर्ने कुरामा योगदान पुर्याउने विश्वास समेत लिएका छन्।

उनले लेखेका छन्, ‘पार्टीको विधान महाधिवेशनमा प्रस्तुत गरिने पार्टी विधानको संशोधन (मस्यौदा) माथि सचिवालयको बैठकमा गम्भीरताका साथ छलफल गरियो।

आज पोलिट ब्यूरो सदस्यहरूका बिचमा छलफल हुने छ१ पोलिट ब्यूरोका सम्पूर्ण कमरेडहरू गम्भीरताका साथ छलफल बहसमा सहभागी हुनुहुनेछ र केन्द्रीय कमिटीमा प्रस्तुत हुने प्रस्तावलाई थप परिमार्जन गर्ने कुरामा योगदान पुर्याउनु हुनेछ !’

Ads

सम्बन्धित पोष्टहरू