Ads

२०८२ साउन ३ गते शनिबार, तपाईको दैनिक राशिफल


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आजको दिन आध्यात्मिक र दार्शनिक विषय वस्तु प्रति झुकाव बढ्नेछ । नयाँ सीप वा ज्ञान प्राप्त गर्ने अवसर मिल्नेछ । गरेको प्रयासमा सफलता प्राप्त हुनेछ । सहयोगीहरूको साथ र आफ्नै सक्रियताले आम्दानीको नयाँ स्रोत फेला पार्न सकिनेछ । नयाँ लगानीको सोच राम्रो हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)महत्त्वाकाङ्क्षी र आशावादी दृष्टिकोण उपयोगी हुनेछ, तर खेलवाड वा लापरबाहीले पछुतो मान्नुपर्ने स्थिति आउन सक्छ । ध्यान केन्द्रित गर्न गाह्रो हुने भएकाले एकैपटक धेरै काम थाल्नुभन्दा एक विषयमा मात्र लाग्नु उपयुक्त हुनेछ । बाह्य रूपमा सामान्य देखिए पनि भित्री भावनात्मक तनावले असर गर्न सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)मानसिक सन्तुष्टि प्राप्त हुने दिन हो । प्रेम सम्बन्धमा प्रगाढता आउन सक्छ, उपहार आदान–प्रदानले सम्बन्ध बलियो बन्नेछ । जीवन साथीसँग निकटता बढ्नेछ । विलासी वस्तु वा उपकरण खरिदमा धन खर्च हुन सक्छ । कुनै नयाँ प्रस्ताव बारे गम्भीर छलफल हुने सम्भावना छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज व्यस्तता रहनेछ । यसले दाम्पत्य वा प्रेम जीवनमा असर पार्न सक्छ । शारीरिक तन्दुरुस्तीप्रति ध्यान दिनु आवश्यक छ । नयाँ ज्ञान वा प्राविधिक विषयमा रुचि बढ्नेछ । परिश्रमी विद्यार्थीले राम्रो सफलता प्राप्त गर्नेछन् । सानो प्रयासले पनि ठूलो सम्मान प्राप्त हुने सम्भावना छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज तपाईंको क्षमता प्रदर्शन गर्ने दिन हो । सिनियर वा अधिकारीहरूलाई प्रभावित तुल्याउन सकिनेछ । प्रेम जीवनमा उपहार पाउने सम्भावना छ, जसले सम्बन्धलाई दीर्घकालीन बनाउनेछ । घर परिवारसँग सुमधुर सम्बन्ध कायम राख्ने वा नयाँ योजना थाल्ने उपयुक्त समय हो । नयाँ व्यापार वा रोजगारीको सुरुवात सफल बन्न सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
चित्त अस्थिर र व्याकुल हुन सक्छ । तेस्रो व्यक्तिको प्रभावले सम्बन्धमा दूरी आउन सक्छ । मान्यजन र उच्च पदस्थ व्यक्तिबाट समर्थन प्राप्त हुनेछ । भाग्य बलियो रहेकाले कुनै काममा सफलता मिल्नेछ । यद्यपि, अहिले ठूलो निर्णय नलिई व्यवस्थापन र समन्वयमा ध्यान दिनु उत्तम हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)कला, साहित्य र अभिनयमा रुचि बढ्नेछ । तर पढाइ वा पेसागत जिम्मेवारीमा ध्यान केन्द्रित गर्नुपर्छ । नयाँ मित्रता वा सम्बन्धको संकेत देखिए पनि कुनै प्रतिबद्धता नगर्नु उपयुक्त हुनेछ । प्रयास गरेमा पदोन्नति वा अवसर प्राप्त हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)आज मन हर्षित र ऊर्जा भरिएको हुनेछ । संगीत, सौन्दर्य र कलात्मक वस्तुप्रति आकर्षण बढ्नेछ । ग्यास, ऊर्जा, खेलकुद वा धातुजन्य व्यवसायमा लाभ मिल्नेछ । यद्यपि, मानसिक तनावले सताउन सक्छ । रिस, ईर्ष्या र अहंकारलाई नियन्त्रण गर्नुहोला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)परिवार, विशेषत: छोराछोरीबाट सहयोग प्राप्त हुनेछ । छोटो प्रयासले पनि दीर्घकालीन लाभ हुने सम्भावना छ । पुराना साथीभाइसँग भेटघाट हुने दिन हो । लगनशीलता र मिहिनेतको राम्रो प्रतिफल मिल्नेछ । परीक्षा वा प्रतिस्पर्धामा भाग लिनु भएको छ भने आजको प्रयास महत्वपूर्ण हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)मानसिक अस्थिरता देखिन सक्छ, र काममा ढिलाइ हुन सक्छ । अत्यधिक व्यस्तता र हतारोले गल्ती गराउन सक्छ, सतर्क रहनु आवश्यक छ । कीमती सामान वा उपकरण प्रयोग गर्दा विशेष सावधानी अपनाउनुहोस् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)आजको दिन रमाइलो र उत्साहपूर्ण रहनेछ । स्वादिलो खानपान, इष्टमित्रसँगको भेट, प्रेमभाव र सौन्दर्यप्रतिको मोह देखिनेछ । बढुवा वा जिम्मेवारी पाउने सम्भावना छ । परिवार वा आफन्तको काममा हातेमालो गर्नु पर्ने हुन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)आज आर्थिक हिसाब किताब मिलाउने राम्रो समय हो । अड्किएको रकम फिर्ता आउने सम्भावना छ । सानोतिनो उपलब्धिले खुसी दिनेछ । बोली र व्यवहारमा नम्रता राख्नुहोस, घरमा सकारात्मकता फैलिनेछ । परीक्षा, प्रतियोगिता वा नयाँ ज्ञानका लागि समय अनुकूल छ ।

Ads

सम्बन्धित पोष्टहरू