Ads

२०८२ साउन ६ गते मंगलबार, तपाईको दैनिक राशिफल


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)जोखिमपूर्ण कामबाट फाइदा हुनेछ, विगतका कुराहरू पुन: प्राप्त हुने संकेत छ । बुद्धि र विवेकको प्रयोगले सफलता मिल्नेछ, पारिवारिक सुखमा बृद्धि हुनेछ । छोरा छोरीबाट सन्तोष मिल्नेछ, आत्मबल बढ्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)जिम्मेवारी बढ्ने समय हो, हाकिम र घरका अभिभावकको साथ पाइनेछ । सेवामा निष्ठा देखाउँदा मान्यता मिल्नेछ । पुरस्कार र उपलब्धिको सम्भावना छ, मिहिनेत गर्नु आवश्यक छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)महत्त्वपूर्ण व्यक्तिसँग भेटघाट हुनेछ, काममा सफलता मिल्ने दिन हो । जग्गा, ढुवानी वा निर्माण सम्बन्धी काममा फाइदा हुनेछ । धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी भइनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आत्मिक विषय र रहस्यतर्फ रुचि बढ्नेछ, समस्याको समाधान खोज्न सकिनेछ । थकान र उत्साहमा कमी आउन सक्छ, तर हिम्मत हार्नु हुँदैन । आफन्तका लागि पनि तपाईको दृढता आवश्यक हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)एकान्त चाहिने मनस्थिति बन्नेछ, आफ्ना भावना साथीलाई भन्नु उपयुक्त हुन्छ । प्रतिस्पर्धी वा शत्रुसँग सम्झौता गर्नुपर्ने अवस्था आउन सक्छ । खटाइ अनुसार लाभ मिल्नेछ, व्यस्तता बढी हुने दिन हो ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)स्वास्थ्यमा कमजोरी महसुस हुनेछ, खानपान र व्यवहारमा ध्यान दिनुपर्छ । महत्त्वाकांक्षा बढेपनि नचिताएको घाटा हुन सक्छ । साथी वा साझेदारसँग असन्तोष हुन सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)कसै प्रति आकर्षण बढ्नेछ, भावना र विचारमा सन्तुलन आवश्यक छ । बुद्धि कौशलले आम्दानी बढ्ने सम्भावना छ । शिक्षा र तालिममा ध्यान जानेछ, लभमेटसँग सम्बन्ध राम्रो रहन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)हाँकेको काम रोक्नुपर्ने हुन सक्छ, तर पारिवारिक पक्ष सकारात्मक रहनेछ । कुरा काट्नेहरूको व्यवहारले खिन्नता आउन सक्छ । नयाँ लगानी रोक्नु उपयुक्त छ, सोचेर कदम चाल्नु राम्रो हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)पारिवारिक उन्नतिको शुभ समाचार सुन्न पाइनेछ । साथीभाइ वा छिमेकीसँग सहयोग र संवादमा समय बित्नेछ । व्यवसाय वा करियरमा उकासिने संकेत छन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)दैनिक कामहरू सफलता र उत्साहका साथ सम्पन्न हुनेछन् । कमाएको धन सञ्चयमा लगाउन सकिनेछ । स्वस्थ्यमा ध्यान दिनुपर्छ, बोल्दाखेरी सन्तुलन आवश्यक छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)विपरीत परिस्थिति आएपनि आत्मबलले सम्हाल्न सकिनेछ । पेसागत सफलता र आत्मविश्वास बढ्नेछ । पुराना सम्बन्धहरू पुन: जोडिने सम्भावना छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)लेनदेन र साक्षी बस्ने विषयमा सतर्कता आवश्यक छ । पठन पाठनमा मन नलागे पनि ध्यान र योगमा मन जानेछ । आर्थिक पक्ष कमजोर देखिन्छ, संयमता अपनाउनुहोस् ।

Ads

सम्बन्धित पोष्टहरू