मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज बाल्यकालको स्मृति वा पुराना प्रसङ्गले मन अलमलिन सक्छ । चिन्तनशील बन्ने दिन भएकाले दार्शनिक पक्ष र समसामयिक छलफलमा रुचि बढ्नेछ । बन्धु-बान्धव वा छर छिमेकका काममा सघाउनु पर्ने स्थिति आउन सक्छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)कार्य क्षमता प्रदर्शन गरी धन र मान प्रतिष्ठा कमाउन सकिने समय हो । पार्टनरको इच्छाअनुसार खर्चिलो घुमघाम वा भोजभतेरमा जानुपर्ने हुन सक्छ । घरायसी सम्बन्धमा मनमुटाव नहोस् भन्नका लागि संवाद कायम राख्नु उचित हुन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)ऋण वा उधारो सम्बन्धी विषयमा सावधानी अपनाउनुहोस् । चिकित्सा, काष्ठ वा औषधि व्यापारमा लाभ पाउन सकिन्छ । जीवन साथीसँगको संवादमा पारदर्शिता आवश्यक छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)अवसर प्राप्तिका लागि प्रयास र धैर्य आवश्यक हुनेछ । भावनामा बहिएमा नोक्सान हुन सक्छ । प्रेम सम्बन्धमा सफलता चाहनुहुन्छ भने एकअर्काको कमजोरीमा टिप्पणी नगर्नुहोस् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)धन र मानको वृद्धि हुने सङ्केत छ । सरकारी काम, घर निर्माण, फर्निचर वा सुन-चाँदीको व्यापारमा लाभ मिल्नेछ । तर घरको जिम्मेवारीमा समय र श्रम दिनुपर्ने छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)धेरै खट्नुपर्ने दिन हो, तर निरन्तर प्रयासबाट काम सिद्ध हुनेछ । साझेदार वा प्रतिस्पर्धीसँग अनुभव साटासाट गर्नु लाभदायी हुनेछ । नयाँ ज्ञानमा आकर्षण बढ्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)अचानक सुखद समाचार पाउन सकिन्छ । यात्रा वा सर सामान परिवर्तनका योग छन् । आजको दिन आत्ममूल्याङ्कन र गम्भीर संवादको लागि उपयुक्त छ, अहंकार त्याग्नु श्रेयस्कर हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)चिन्ता र मानसिक दबाव बढ्न सक्छ । परीक्षार्थी वा योजना बनाउनेहरूले गोपनीयता कायम राख्नु राम्रो हुनेछ । लगानीबाट तत्काल प्रतिफल नआए पनि धैर्य आवश्यक छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)कला, साहित्य र अभिनयतर्फ आकर्षण बढ्नेछ । प्रेम सम्बन्धमा सकारात्मकता देखिन्छ । तर आफ्ना मात्र कुरा गरेर आफन्तलाई विमुख नगर्नुहोस् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)संवेदनशील समय हो, शंका वा मनमुटावबाट बच्न संवादलाई प्राथमिकता दिनुहोस् । आज प्रतिस्पर्धी कमजोर हुने सम्भावना छ, व्यापारिक कुराकानीमा पनि सफल हुने दिन हो ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)प्रियजनसँग समय बिताउने अवसर मिल्नेछ । तर असम्भव आशाबाट निराशा निम्तिन सक्छ । साँसारिक आकर्षण बढे पनि वित्तीय जोखिमबाट सचेत रहनुहोस् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)शैक्षिक क्षेत्रमा प्रगति देखिन्छ । घर भित्रका कुराले मानसिक रूपमा थकान दिन सक्छ । विशेष निर्णय अघि परिवारको राय लिनु उपयुक्त हुन्छ ।
प्रतिक्रिया दिनुहोस्