भरतपुर,। चितवनमा एक जना पुरुष मृत भेटिएका छन । कालिका नगरपालिका ९ शक्तिखोर जंगलमा राप्ती नगरपालिका ११ का ५७ वर्षिय कृष्णबहादुर मंगलबार साँझ प्रजा मृत भेटिएका हुन । असार २८ गते घरबाट निस्किएका उनि बेपत्ता थिए ।
कालिका नगरपालिका ९ शक्तिखोर बस्ने छोरीलाई भेट्न घरबाट हिडेका उनि सम्पर्कमा नआएपछि परिवार र आफन्तले खोजी तीब्र पारेका थिए ।
प्रजाको शव सडेगलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका सुचना अधिकारी रविन्द्र खनालले जानकारी दिए । प्रहरीले स्थानीय जनप्रतिनिधिको रोहबरमा शव आफन्तलाई बुझाएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्