Ads

२०८२ साउन ८ गते बिहिबार, तपाईको दैनिक राशिफल


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आजको दिन गोपनीयता कायम राख्नु आवश्यक देखिन्छ, किनभने नजिकका साथीसाथी वा विश्वास पात्रहरूबाटै विश्वास घातको संकेत छ । व्यक्तिगत कुरा सार्वजनिक नगर्नु नै हितकर हुनेछ । पारिवारिक वातावरणमा नयाँ आगन्तुकको आगमनले चहलपहल बढ्ने सम्भावना छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)आज मान्यजनहरूसँगको सम्बन्ध प्रगाढ बन्नेछ । पारिवारिक सदस्य, दाजुभाइ वा माइतीपक्षसँग संवाद गर्ने अवसर मिल्नेछ । विद्वान् व्यक्तिसँगको भेटघाटले मार्गदर्शन पाउने दिन हो । व्यवहारिक सोच र निर्णयले आर्थिक समृद्धिको बाटो खोल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)आज प्रसन्नता र सन्तुष्टि अनुभूत हुने दिन हो । आयआर्जनका नयाँ स्रोत खुल्नेछन् र आम्दानी पनि बढ्नेछ । प्रेम जीवनमा नयाँ मोड आउने सम्भावना छ- एकल हुनुहुन्छ भने विशेष व्यक्तिसँगको भेट हुन सक्छ । मौखिक अभिव्यक्तिले अवसर ल्याउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)जीवनमा नयाँ अनुभव हासिल गर्ने समय हो । व्यवस्थापन र हिसाब किताबमा ध्यान दिनुपर्नेछ । प्रियजनहरूसँग भेटघाटले सकारात्मक ऊर्जा मिल्नेछ । जीवन साथी प्रति सद्भाव राख्दा सम्बन्धमा मजबुती आउँछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)बजेटमा सन्तुलन कायम राख्नुपर्ने दिन हो । नयाँ योजनामा लगानी गर्नुअघि सोच विचार आवश्यक छ । भावनाले भन्दा तर्कले काम गर्दा षड्यन्त्रबाट बच्न सकिन्छ । कार्य क्षेत्रमा व्यस्तता रहनेछ तर आत्मिक सन्तोष नहुन सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)पदीय जिम्मेवारीमा बृद्धि हुने दिन हो, रोकिएको काम बन्ने संकेत छ । प्रेम सम्बन्ध गहिरिंदै जानेछ, एकान्त क्षणहरू सुखद रहनेछन् । नचिताएको स्थानबाट लाभ मिल्ने सम्भावना छ । आम्दानीको केही भाग परिवारका चाहनामा खर्च गर्नुपर्ने देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)आज कार्य क्षेत्रमा उन्नतिको योग देखिन्छ, विशेष गरी महिलाहरूका लागि शुभ समय हो । पारिवारिक जिम्मेवारी बढेपनि सफलता हात पार्ने सम्भावना प्रबल छ । पढाइ वा प्रतियोगितामा सफलता मिल्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)आज घर परिवार र अभिभावक प्रति झुकाव बढ्नेछ । भावनामा नियन्त्रण राख्दै पार्टनरसँग संवाद गर्नु उचित हुनेछ । सहयोगी भावना जागृत हुनेछ, परोपकारी कार्य वा सहयोगमा संलग्न हुने दिन हो ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)रहस्य, अध्यात्म वा तान्त्रिक विषय प्रति रुचि बढ्न सक्छ । काम प्रतिको रुचि घटेपनि धन आगमनको संभावना बलियो छ । स्वास्थ्य विशेष गरी रक्तचापको विषयमा सतर्क रहनु राम्रो हुन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)सुख सुविधा प्रतिको चाहना बढ्ने दिन हो । कल्पनामा रमाउने प्रवृत्ति देखिए पनि पढाइ र काममा लगाव बढाउने समय हो । साथीभाइसँगको भेटघाटले सकारात्मक ऊर्जा दिन सक्छ । निजी सम्बन्धलाई सार्वजनिक गर्न अनुकूल समय छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)पढाइ र सिर्जनात्मक कार्यमा सफलता मिल्ने दिन हो ।  अनावश्यक कुरामा ध्यान नगरी महत्वपूर्ण काममा केन्द्रित हुनु आवश्यक छ । क्षमता प्रदर्शन गरी प्रतिष्ठा कमाउने मौका मिल्नेछ, तर सेवाग्राही वा सहकर्मीसँग विवादबाट टाढा रहनु राम्रो हुन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)माङ्गलिक कार्य वा पूजापाठको योजना बन्न सक्छ । प्रेम र भावनामा आकर्षण रहनेछ । सानो प्रयासले ठूलो उपलब्धि मिल्ने दिन हो । व्यवसायमा गतिशीलता आउनेछ, रोकिएका कामहरू पुन: सुरू हुनेछन् । जीवनसाथी र छोराछोरीको विषयमा ध्यान दिनु आवश्यक छ ।

 

Ads

सम्बन्धित पोष्टहरू